थप सेवा सहित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिल सञ्चालनमा
पाेखरा | असोज १३, २०७९
पोखरा : पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल थप सेवा सहित सञ्चालनमा आएको छ । थप सेवा विस्तार गर्न करिब ३ महिना देखी बन्द थियो । छिटै आउन लागेको विश्वकप फुटबल प्रतियोगिता लक्षित गरेर ठाउँ ठाउँमा ठुला स्किन सहित थप सेवा विस्तार गरेको हो ।
जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । बारमा करिब ५ सय जना एकै पटक सेवा दिन सक्ने गरी सेवा विस्तार गरेको बारका म्यानेजर हरि पौडेलले जानकारी दिए ।
बारमा थप एउटा बालकोनी, फेवाफन्टलाई अझ आक्रर्षण थप गरेको पौडेलले बताए । ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्ने बताए । बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन् । ग्राहकहरूको विशेष मनोरञ्जनका लागि हरेक बेला बेला ख्यातिप्राप्त ब्यान्डका चर्चित कलाकारहरूको प्रस्तुति समेत चलाउदै आएको छ ।
‘फुड, ड्रिङ र म्युजिक’ सहित खेलकुद तथा परिवारिक वातावरण चाहनेहरूलाई लक्षित गरी थप सेवा सहित सञ्चालनमा ल्याएको सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए । उनले सेवा थप गर्दा करिब २ करोड लगानी गरेको उनको भनाई छ । नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुलाई स्पोर्ट्स बार एन्ड ग्रिलले स्थतरी सेवा प्रदान गरेको उनको भनाई छ ।
बारभित्रै पुल टेबल, डार्ट गेम, चेस लगायतका खेलहरू खेल्न मिल्ने व्यवस्था मिलाइएको उनको भनाई छ । बारमा जन्मदिन, म्यारिज एनिभर्सरी, प्राइभेट पार्टी आदिका लागि विशेष व्यवस्था समेत गरेको गरिएको छ । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

